सानीमाको शाखा कैलालीको गोदावरीमा विस्तार

कैलाली । सानिमा बैकं लिमिटेडको ९४ औ शाखा कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा सञ्चालनमा आएको छ ।
सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिह सांउदले सो बैकको रिबन काटेर समुदघाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले सबै नागरिकको भाबना बुझने गरी बैकले बैंकिङ्ग कारोबार गर्न अनुरोध गरे ।

अहिले बैकं स्थापना गर्न प्रतिस्पर्धा भएको बताउदै उनले भने चुनौती पनि छ अबका दिनमा बैकहरु ले कुर्षि क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गराउने क्रियाकलापमा लाग्नु पर्ने बताए । सानिमा बैक ले यस क्षेत्रको कुर्षि क्षेत्रमा लगानी गरी नागरिकलाई रोजगारी सिर्जना गराउन मुख्य भुमिका खेल्ने बिश्वास व्यक्त गरे ।

त्यसै गरी अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देबकोटाले सानिमा बैक अत्तरियामा शुरु हुनुले यस क्षेत्रका उद्योगी व्यवसायी खुशी भएको बताए । उनले सानिमा बैक ले यस क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने र उद्योगी ब्यापारीको पक्षमा बैकिङ्ग सेवा दिने बताए ।
सानिमा बैक लिमिटेडका सुदुरपश्चिम प्रदेशका क्षेत्रिय प्रबन्धक मेघराज खडकाले गोदावरी नगर क्षेत्रमा बैंकबाट हुन सक्ने आर्थिक उन्नतीका सेवा बिस्तारमा कुनै कसर बाकी नराख्ने बताए । कृर्षि तथा साना मझौला उधमीको क्षेत्रमा बैक ले लगानी गरी रोजगारी सिर्जना गराउनमा उद्धत हुने उनको भनाई छ ।
उनले अत्तरियामा सञ्चालन गरिएको सानिमा बैक सुदुरपश्चिम प्रदेशको आठौ हो भने देशैभरी ९४ औ शाखा रहेको उनले बताए ।
Press-Release



