१० श्रावण २०८१, बिहीबार

नेफाको नयाँ प्रदेश समिति गठन




धनगढी / नेपाल जनस्वास्थ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभा, नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हष्तान्तरण तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्दै झनकराज ढुङ्गाना अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेफाको प्रदेश उपाध्यक्षमा जानकी पराजुली मिश्र, सचिवमा अशोकराज जोशी, कोषाध्यक्षमा महेशप्रसाद विष्ट, सह–सचिवमा धनराज मिश्र चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा देवी चन्द्र थापा, प्रकाश देउवा, लालमणी जोशी, सञ्जयबहादुर चन्द, अन्जु भट्ट र नृपबहादुर डङ्गौरा चयन भएका छन् ।
नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लालबहादुर धामीले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारी जोशीले महामारी नियन्त्रण तथा व्यवस्थापनमा जनस्वास्थ्यकर्मीहरूको भूमिकाको चर्चा गरिन् ।

अहिलेको महामारीमा जनस्वास्थ्यकर्मीहरूलाई आफनो क्षमता अनुसारको काम गरि महत्वपूर्ण भुमिका निर्वाह गर्ने अवसर रहेको छ उनले भनिन– स्वास्थ्य क्षेत्रमा आएका चुनौतिको समाधान उन्मुख बनाउने, समाजलाई सुरक्षित र भयरहित बनाउने काम पनि जनस्वास्थ्यकर्मीहरूको हो ।

संघका केन्द्रिय निवर्तमान अध्यक्ष श्रीकृष्ण भट्टले सरकारले अझै पनि जनस्वास्थ्यकर्मीहरूको पक्षमा काम गर्न नसकेको बताए ।

संघका केन्द्रिय अध्यक्ष बसन्त अधिकारीले जनस्वास्थ्यकर्मीहरूको हकहित र पेशागत सुधारका लागि पहल गर्ने बताए ।

सो अवसरमा प्रदेश कमिटिले संघको नयाँ कार्ययोजना जारी गरी कार्यान्वयनमा लग्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार