१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : शनिबार २६९ सङ्क्रमित थपिए





धनगढी / सुदूरपश्चिम प्रदेशमा शनिबार दुई सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ६९ जनाको स्वाब परीक्षण गर्दा दुई सय ६९ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार दुई सय २८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा एक सय २४ जना र नौ सय ९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा दुई सय ९९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ३४ जना, गड्डाचौकी नाकामा ३८ जना र झुलाघाट नाकामा ९ जना गरी ८६ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार