१० श्रावण २०८१, बिहीबार

जंगली हात्तीद्वारा गहुबाली क्षति




कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिका–१० बडीदैजीमा जंगली हात्तीको बथानले गहुँवालीमा क्षति गरेको छ ।

बिहीबार राति २५/३० को सङ्ख्यामा आएको हात्तीको बथानले साढे तीन विघामा लगाएको गहुँ नष्ट गरेको हो ।
शुक्रबार बिहान हात्ती प्रभावित बस्तीको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्दले निरीक्षण गरेका छन् । पाच परिवारले लगाएको गहुँ बालीमा हात्तीले क्षति गरेको नगर प्रमुख चन्दले बताए ।

उनका अनुसार खेमराज पन्त, तिर्थराज पन्त, यादव राना, सुजित राना र महेश रानाले लगाएको गहुँबाली, तोरी र मसुरवालीमा क्षति गरेको छ ।

पीडित परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरेर राहत दिन्छौं, उनले भने, केही निकुञ्ज कार्यालय र केही नगरपालिकाले राहत दिन्छ ।

हात्ती भगाउनका लागि पटाका नगरपालिकाले उपलव्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार