५ पुष २०८२, शनिबार

कार्यालय सहयोगी मृत अवस्थामा फेला परे




डोटी / जिल्ला अस्पताल डोटीमा कार्यरत एक कार्यालय सहयोगी मृत फेला परेका छन् ।

शुक्रबार दिपायल सिलगढी नगरपालिका–७ उडीतोलाका ४५ वर्षीय भक्त कोली मृत अवस्थामा फेला परेको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटले बताए ।

अस्पतालमा शव पोस्टमार्टम गर्दा चिरफारको काम गर्दै आएका उनी मुख्य सडकबाट जिल्ला अस्पताल जाने बाटोको चोकमा मृत फेला परेको भाटले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार