१० श्रावण २०८१, बिहीबार

टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई माघीखर्च



धनगढी / टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई माघी खर्च वितरण गरिएको छ । थारु विद्यार्थी समाज र थरुहट/थारुवान राष्ट्रिय मोर्चाले टीकापुर राजबन्दी परिवारलाई माघी खर्च वितरण गरेको जनाएको छ ।

माघी थारु समुदायको प्रमुख चाड हो । टीकापुर घटनामा जेलजीवन विताइरहेका कैदीवन्दीका परिवारलाई माघ पर्व मनाउन सहज होस भनेर खर्च वितरण गरिएको थरुहट थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता माधव थारुले बताए ।

टीकापुर घटनाका कैदीबन्दीका परिवारलाई तीन हजार रुपैयासहित स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । सो घटनामा संलग्न रहेको भन्दै कैलाली जिल्ला अदालतले प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीसहित सात जनालाई आजीवन काराबासको आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार