५ पुष २०८२, शनिबार

माघी पर्व : कैलालीका चार स्थानीय तहले दिए तीन दिन विदा



धनगढी / कैलालीका चार स्थानीय तहले माघी पर्वलाई लक्षित गरि तीन दिन विदा घोषणा गरेका छन ।

कैलालीको घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाले आफनो क्षेत्रमा तीन दिन सार्वजनिक विदा गर्ने घोषणा गरेका छन ।

कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन विदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन विदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।

यस्तै जानकी गाउँपालिकाले माघ ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । पुस २८ गतेको निर्णयानुसार माघी पर्वको अवसरमा माघ ३ गते सार्वजनिक विदा दिने निर्णय भएकोले सो दिन यस गाउँपालिकामा सार्वजनिक विदा हुने व्यहोरा जानकारी गराईन्छ गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै जोशीपुर गाउँपालिकाले पनि माघ १ गतेदेखि ३ गतेसम्म स्थानीय सार्वजनिक विदा दिने २१ गते बसेको कार्यपालिका बैठकबाट निर्णय गरेको थियो ।

यस्तै, घोडाघोडी नगरपालिकाले पुस ३० गते सार्वजनिक विदा दिएको छ । पुस ३० गते माघीको उपलक्ष्यमा नगरपालिका अन्तरगत सबै कार्यालय, संघ, संस्था तथा शिक्षण संस्था एक दिन स्थानीय विदा दिने निर्णय भएको नगरपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

माघ १ गते शनिबार र आइतबार प्रदेश सरकारले प्रदेशभरी सार्वजनिक विदा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार