५ पुष २०८२, शनिबार

प्रदेश सरकारद्धारा थप एक दिन विदा



धनगढी / थारुहरूको महान पर्व माघीलाई लक्षित गर्दै प्रदेश सरकारले थप एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

माघ १ गते शनिबार भएकाले ‘माघ २ गते (आइतबार) थप एक दिन माघी पर्वमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक विदा दिइएको प्रदेश सरकारद्धारा जारी प्रदेश राजपत्रमा उल्लेख रहेको छ ।

प्रदेशमा थारु बाहुल्य क्षेत्र रहेको कैलाली र कञ्चनपुर जिल्ला हो । थारु समुदायले हरेक वर्ष माघी पर्वमा तीन दिन विदाको माग गर्दै आइरहेका छन् । तर, प्रदेश सरकारले हरेक वर्ष एक दिनमात्र सार्वजनिक विदा दिदा सो समुदायमा रुष्टता रहेको छ ।

उनीहरूले पुष ३०, माघ १ र २ गते सार्वजिनक विदा दिन माग गर्दै आइरहेका छन् । थारु नागरिक समाजका अगुवा दिलबहादुर चौधरीले सरकारले माघीमा एक दिन मात्रै विदा दिएकोमा विरोध जनाउदै आएका छन् ।

‘नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्ण रुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार