२३ बैशाख २०८१, आईतवार

पुराना वामपन्थी नेता भट्ट राष्ट्रियसभा सदस्यको उम्मेदवार




धनगढी /नेकपा (एमाले) ले सुदूरपश्चिम क्षेत्रकै पुराना वामपन्थी नेता डिल्लीराज भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।

एमालले भट्टलाई सुदूरपश्चिमको खुला क्षेत्रबाट उम्मेदवार बनाएको हो । भट्ट एमालेको केन्द्रीय सल्लाहकार हुन ।

एमालले सुदूरपश्चिमबाट महिलातर्फ सन्तोषकुमारी शर्मा र दलितबाट नरेश विकलाई समेत उम्मेदवार बनाएको छ ।

सातवटै प्रदेशमा पुस २० गते उम्मेदवारको मनोनयन र माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार