१० श्रावण २०८१, बिहीबार

निजामती कर्मचारी यूनियनमा फेरि जोशी




धनगढी / नेपाल निजामती कर्मचारी यूनियन कैलालीको अध्यक्षमा पुनः खेमराज जोशी निर्वाचित भएका छन ।

शुक्रबारदेखि शुरू भएको नवौं महाधिवशनले शनिबार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जोशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चौधरी, सचिवमा निर्मल देउवा, कोषाध्यक्षमा पूर्णानन्द भट्ट र सह सचिवमा लोकराज दाहाल सर्वसम्मतरुपमा चयन भएका हुन ।

यस्तै सदस्यमा झपिराज ओझा, मोहनदेव भट्ट, पेवालाल चौधरी, ऐनबहादुर सिंह, महिला सदस्यमा कुन्ता भण्डारी र भागरथी ओझा चयन भएका छन ।

समावेशी सदस्यमा जयराज जोशी र प्रकाश विक चयन भएका छन भने मनोनित सदस्यमा गोपाल रोकाया र पार्वती चौधरी रहेका छन ।
यस्तै जीवराज पण्डित, शिवराज ओझा, त्रयलोक जोशी र नारदप्रसाद भट्ट, सुरेश रोकाया महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार