१० श्रावण २०८१, बिहीबार

एकीकृत समाजवादीद्धारा ११ स्थानीय तहमा संगठन निर्माण




धनगढी /
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कैलालीका ११ वटा स्थानीय तहमा सङ्गठन विस्तार गरेको छ । सो पार्टीले संगठन विस्तार अभियान अन्तर्गत जिल्लाका कूल १३ स्थानीय तहमध्ये ११ स्थानीय तहमा सङ्गठन विस्तार गरेको हो ।

सो पार्टीका जिल्ला उपाध्यक्ष विमल जोशीले दिएको जानकारी अनुसार हालसम्म जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका, जोशीपुर र जानकी गाउँपालिका गरेर ११ स्थानीय तहमा पालिकास्तरीय कमिटी गठन गरिएको छ ।

धनगढी उपमहानगरपालिकामा मदन रेग्मीको अध्यक्षतामा १०१ सदस्यीय, टीकापुरमा रंग अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय, लम्कीचुहामा टिकाराम बजगाईको अध्यक्षतामा ७५ सदस्यीय, घोडाघोडी नगरपालिकामा खेमराज जोशीको अध्यक्षतामा ९५ सदस्यीय, गौरीगंगा नगरपालिकामा विष्णु आचार्यको अध्यक्षतामा ८५ सदस्यीय, गोदावरीमा टेकबहादुर विकको अध्यक्षतामा ७५ सदस्यीय, भजनीमा प्रदीप मल्लको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको छ ।

यस्तै चुरेमा मनिराम आचार्यको अध्यक्षतामा ४१ सदस्यीय, बर्दगोरियामा नविन जोशीको अध्यक्षतामा ७५ सदस्यीय र जानकी गाउँपालिमामा रामप्रसद चौधरीको अध्यक्षतामा ५१ सदस्यीय पालिकास्तरी कमिटी गठन सम्पन्न गरिएको सचिव जोशीले जानकारी दिए ।

बाँकी मोहन्याल र कैलारी गाउँपालिकामा केही दिनभित्र कमिटी चयन गरिने नेकपा (एकीकृत समाजवादी) कैलालीले जनाएको छ । कमिटी गठन भइसकेका पालिकाहरुमा वडा, टोल कमिटी गर्ने अभियान सुरु भसकेको उपाध्यक्ष जोशीले बताए ।

उपमहानगर कमिटीमा संगठन धमाधम विस्तार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढी उपमहानगरपालिकामा धमाधम कमिटी विस्तार गर्ने अभियानलाई तिब्रता दिएको छ ।

अध्यक्ष मदन रेग्मीका अनुसार उपमहानगरपालिकाका सबै वडामा संगठन कमिटी गठन गर्ने कार्यलाई तिब्रता दिइएको छ ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–६ मा शुक्रबार प्रथम वडा भेलाले कमरेड दिलिप भण्डारी अध्यक्षको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा खेम सार्की, रेवती चौधरी सहितका रहेका छन् । यसैगरी धनगढी उपमहानगरपालिका ५ मा गणेश बोहोराको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार