नेपाल पुस्तक व्यवसायी महासंघको अध्यक्षमा दाहाल

धनगढी / पुस्तक व्यवसायीको हकहीतका लागि काम गर्ने साझा संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मेखराज दाहाल सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
मंगलबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट दाहाल निर्वारोधरुपमा अध्यक्षमा निर्वाचित भएको व्यवसायी भीम पडालले बताए।
कैलालीको धनगढीमा विगत डेढ दशकदेखि पुस्तक तथा स्टेशनरी व्यवसाय क्षेत्रमा सकृय रहेका दाहालको नेतृत्वको प्रदेशको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम पाठक छानिएका छन् ।
यस्तै गरेर उपाध्यक्षमा शंकरबहादुर कठायत,सचिवमा जयराज जोशी,सहसचिवमा निलमराज जोशी ,कोषाध्यक्षमा पार्वती देउवा निर्वाचित भएका छन् ।
त्यसैगरेर सदस्यहरुमा विश्वप्रकाश जेठारा,गौरव बोहरा, युवककुमार नायक,नारायणसिंह खत्री र देवी भट्ट निर्वाचित भएका छन् ।




