सुलभको वार्षिक समिक्षा
धनगढी । दिगो जिविकोपार्जनमा सीमान्तकृत समुदायको पहुँच (शुलभ) २ परियोजनाको वार्षिक समिक्षा भएको छ ।
विकास कोष नर्वे सहयोगमा सञ्चालित र सिबिओ विकास केन्द्रको आयोजनामा मंगलबार धनगढीमा समिक्षा कार्यक्रम गरिएको हो ।
समिक्षा कार्यक्रममा उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष माधव रानाले परियोजनाले सीमान्तकृत वर्ग र कृषकहरूको आयस्तर बढाउनमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । ‘यो वडामा अधिकाँस कृषक छन् । उनीहरूलाई लक्षित गरेर परियोजना सञ्चालन भएको रहेछ । यसले किसानलाई थप मद्दत पुग्ने अपेक्षा गरेको छु’ उनले भने ।
उनले वडा कार्यालयबाट विभिन्न सीपमुलक र आयआर्जनमुलक तालिम सञ्चालन गरे पनि तालिम लिएकाहरू आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुननसकेकोमा चिन्ता व्यक्त गरे ।
‘हरेक वर्ष वडा कार्यालयले विभिन्न जिविकोपार्जन तथा सिपमुलक तालिम प्रदान गरिरहेको हुन्छ’ उनले भने– ‘उही व्यक्ति विभिन्न तालिममा सहभागि भइरहेको हुन्छ । प्रमाणपत्र लिन्छ । तर, तालिमबाट लिएको सीपलाई जिविकोपार्जन गर्नमा प्रयोग गर्दैनन ।’
उनले केन्द्रले सिमित समुह समेटेर परियोजना लागू गरेको र यी समुहमा रहेका व्यक्तिहरूलाई स्वरोजगार बनाउनेतर्फ पनि अग्रसर हुनुपर्ने बताए ।
उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले उपमहानगरमा साढे पाँच सय भन्दा बढी कृषि फर्म दर्ता रहेको बताए । ‘यो दुई वर्षमै कृषि फर्म दर्ता गर्ने बढेका छन्’ उनले भने– ‘अनुदान पाउनका लागि फर्म दर्ता गर्छन । अनुदान सकिएपछि नविकरण पनि गर्न कतिपय फर्म आउँदैनन ।’ उनले परियोजनाले सक्रिय फर्महरूलाई मात्र सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष फूलराम चौधरी, पशु शाखा प्रमुख समिर ठाकुर, सिवियो विकास केन्द्रका पदाधिकारी, विभिन्न समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
जिल्लामा पहिलो चरणमा साविकको मोहन्याल र पण्डौन गाउ विकासमा परियोजना सञ्चालन रहेको थियो । सन २०२१ मे महिनादेखि साविकको उर्मा र गदरिया गाविसमा शुरु भएको छ । यस परियोजनाबाट हालसम्म ७७ समुहबाट एक हजार छ सय ५१ घरधुरी लाभान्वित रहेको परियोजनाका कार्यक्रम व्यवस्थापक ज्ञानुप्रसाद तिवारीले बताए ।
परियोजना आगामी डिसेम्बर २०२५ सम्म सञ्चालन हुने छ । सोका लागि तीन करोड १२ लाख ९२ हजार एक सय पाँच रुपैया स्वीकृत रहेको छ । परियोजनाअन्र्तगत यस वर्ष ६० लाख ५२ हजार तीन सय ४५ रुपैयाँ रहेकोमा ५७ लाख १५ हजार पाँच सय ६१ रुपैया खर्च गरिएको छ ।
विपन्न समुदायको जलवायू अनुकुलन क्षमता र जिवनमा सम्पूर्णता ल्याउने लक्ष्यका साथ परियोजना सञ्चालन भएको थियो । परियोजनाले विपन्न घरधुरीको पोषण र स्याहार अभ्यासमा सुधार गर्ने, साना किसानको उत्पादनमा विविधता र उत्पादकत्व बढाउने, महिला र युवाको आम्दानीका अवसमा सहयोग गर्ने, सहकारीको क्षमता र समावेशी सहभागिताका लागि सहयोग गर्ने उद्देश्य लिएको छ । परियोजनाले कृषिबाट कृृषकहरूको आम्दानी पाँच वर्षमा ५७ हजार बनाउने गरि काम गरिरहेको उनले बताए ।
कार्यक्रम केन्द्रका अध्यक्ष रुपनारायण चौधरीको अध्यक्षतामा भएको थियो ।




