१० श्रावण २०८१, बिहीबार

बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य शुरु




कञ्चनपुर /
कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ ।

कञ्चनपुरका चार पालिकाको संयुक्त आयोजनामा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको हो ।

बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गर्न लागिएको छ । प्लान्ट जडानका लागि काठमाडौको फियर ट्रेड प्रालिसंग एक करोड ४३ लाख र बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४२९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासंग ठेक्का सम्झौता भएको बताइएको छ ।

बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले दैनिक ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्ट जडानले कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा निकै सहज हुने र अक्सिजनका अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोकिने विश्वास गरेका छन् ।

अक्सिजन प्लान्ट बेलौरी र पुनर्वास नगरपालिकाको ६५/ ६५ लाख र लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५/३५ लाख बजेटमा स्थापना हुन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार