५ पुष २०८२, शनिबार

एनएलआइसीको धनगढीमा सम्पर्क कार्यालय स्थापना



धनगढी । नेश्नल लाईफ इन्स्योरेन्सको धनगढीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सेवाग्राहीको सहजताका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा सम्पर्क कार्यालय स्थापना गरिएको हो । सो सम्पर्क कार्यालय कार्यालयका प्रदेश प्रमुख रामचन्द्र तिवारीले गरेका थिए ।

एजेन्सी कार्यालय प्रदेश प्रमुख शुशिला देउवाको अध्यक्षतामा भएको कार्यक्रममा इन्स्योरेन्स कम्पनीका अभिकर्ता, सेवाग्राही, लाभग्राही, ग्राहक लगायतको सहभागिता रहेको थियो ।

धनगढका प्रमुख उमाकान्त जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अभिकर्ता गणेश थापाले गरेका थिए ।

यस्तै सो अवसरमा सर्वोत्कृष्ट अभिकर्ताका रुपमा सिवि कलम बम र बसन्त भण्डारी, उत्कृष्ट ग्राहक सिता मल्ललाई सम्मानित गरिएको थियो भने लगनशिल, इमान्दार अभिकर्ताका रुपमा इश्वरी जोरा र निता खत्रीलाई सम्मानित गरिएको थियो ।

उनीहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गरिएको एजेन्सी प्रमुख देउवाले बताइन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार