१३ बैशाख २०८१, बिहीबार

एमाले महाधिवेशन : सुदूरका नौ पदका लागि १४ को उम्मेदवारी



सौराहा / नेकपा (एमाले) को दशौ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको छ पुरुष र तीन महिला गरेर नौ केन्द्रीय सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ ।

तत्कालिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा सहमति हुन नसकेपछि पुरुषतर्फको छ केन्द्रीय सदस्यमा डा. दीपकप्रसाद भट्ट, भैरवबहादुर सिंह, कृष्णप्रसाद जैसी, लीलाधर भट्ट, नारदमुनी राना, सहदेव वोगटी, झपट बोहरा, अफिलाल उखेडा र राजेन्द्र रावल उम्मेदवार भएका छन् ।

यस्तै महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि कमला बोहरा, मञ्जु मलासी, कमला ओली, सन्षोष थापा, पशुपति कुँवर र कमलादेवी महरा उम्मेदवार बनेका छन् ।

एमालेको महाधिवेशन चितवनको सौराहामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार