१२ बैशाख २०८१, बुधबार

कैलारीमा महिला हिंसा विरुद्ध १६ दिने अभियान शुरु




हसुलिया / कैलारी गाउँपालिकामा १६ दिने अभियान अन्तरगत विहीबार लैंगिक हिंसा विरुद्ध प्रभात फेरि र अन्तरक्रिया भएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले विपत होस कि सामान्य अवस्था होस महिलाहरुले हिंसा भोग्नु परेको बताए ।

उनले हिंसा न्युनीकरण गर्नका लागि पालिकाबाट विभिन्न शिर्षकमा वजेट ल्याएको दावी पनि गरे । उनले कैलारीलाई हिंसा मुक्तपालिका बनाउन सम्पूर्ण पक्षको सहयोग आवश्यक हुने बताए ।

उपाध्यक्ष लक्ष्मी सत्गौवाले महिलाहरु आर्थिक, सामाजिकरुपमा शसक्त भएपछि मात्रै महिला हिंसा कम हुने बताइन ।

सो अवसरमा कैलारी गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख वालकुमारी चौधरीले १६ दिने अभियानका क्रममा सञ्चालन हुने कार्यक्रम बारे जानकारी गराएकी थिइन ।

१६ दिने अभियानका क्रममा पारिवारिक सम्वाद, सासु वुहारी अन्तरक्रिया, वालविवाह न्युनिकरण, लागू औषध न्युनिकरण र मावि स्तरिय वक्तृत्व कला कार्यक्रम आयोजना हुने बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार