समाज कल्याण परिषदको कोषाध्यक्षमा लामा
धनगढी / समाज कल्याण परिषद्को कोषाध्यक्षमा कैलालीका विनय लामा नियुक्त भएका छन्।
गत बिहीबार बसेको नेपाल सरकारको मन्त्री परिषद्को बैठकले लामालाई कोषाध्यक्षमा नियुक्त गरेको हो ।
राजनितिक क्षेत्रसगै सामाजिक क्षेत्रमा लामो समय सकृय रुपमा लागेका लामा समाज कल्याण परिषद्को कोषाध्यक्षमा चार वर्षसम्मको लागि नियुक्त भएका हुन् ।
लामा नेविसंघ कैलालीका पूर्व अध्यक्ष तथा नेवि संघका केन्द्रीय सदस्य समेत हुन् ।