७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा नेकपा समाजवादीको प्रशिक्षण



धनगढी / नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) ले प्रदेश स्तरिय दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेकपा एमालेबाट विभाजन भई पुर्नगठन भएको सो पार्टीको विचार, सिद्धान्त, पार्टीको स्थिति, भावी योजना लगायतका बारेमा कार्यकर्तालाई जानकारी दिन सो प्रशिक्षण कार्यक्रम गरेको हो ।

धनगढीमा बिहिबारदेखि शुरु भएको सो प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले बताए ।

सो प्रशिक्षण कार्यक्रममा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जुम माध्यमबाट वर्तमान अन्र्तराष्ट्रिय परिस्थिति र नेपाली कम्यूनिष्ट आन्दोलनको भूमिका बारेमा प्रशिक्षण दिएको उनले जानकारी दिए ।

उनका अनुसार दक्षिणपन्थी विसर्जनवाद विरुद्धको संघर्ष र पुनर्गगमनको औतित्य, एसको मार्गदर्शक, सिदान्त, संगठनात्मक सिद्धान्त र पुर्नगठनको प्रक्रिया, पार्टीको प्रदेश स्थिति र भावी योजना, आगामी कार्यभार, आदर्श, नैतिकता, व्यवहार र वर्गपक्षधरता, कार्यालय व्यवस्थापन, बैठक सञ्चालन र प्रचारको महत्व, पार्टी निर्माणका मुद्दा लगायतका विषयमा प्रशिक्षण भएको थियो ।

उनले एस पार्टीका उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमाल, महासचिव तथा संगठन विभाग प्रमुख वेदुराम भुषाल, केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायतले प्रशिक्षण दिएको जानकारी दिए ।

प्रशिक्षणमा प्रदेशमा प्रतिनिधित्व गर्ने केन्द्रिय कमिटी, पार्टीका केन्द्रिय निकाय र विभाग, प्रदेश कमितिका पदाधिकारी, प्रदेश निकाय, जिल्ला पदाधिकारी तथा जनवर्गिय संगठनका केन्द्र र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रम समापन पश्चात आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष हमालले प्रशिक्षण कार्यक्रमलाई सातै प्रदेश, ७७ वटै जिल्ला र वडा तहसम्म लगिने बताए ।
‘पार्टीको वैचारिक धारणा र प्रचार गर्न मंसिरभित्रै सबै ठाउँमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने छ उनले भने ।

पार्टीका महासचिव भुषालले गठबन्धन चुनावसम्मै टिक्ने बताउदै चुनावममा गठबन्धन हुन्छ वा हुँदैन अहिले टाउको दुखाउने विषय होइन ।’ उनले एमाले र काँग्रेसबिच गठबन्धन हने सम्भव नरहेको बताए ।

उनले अहिले सर्वोच्च अदालतमा देखिएको विषयमा दलले आफनो धारणा राखिसकेको बताए । ‘अदालतमा जे देखिएको छ त्यो उचित होइन र छिट्टै समस्या समाधान हुनुपर्छ भनेर हामीले भनिसकेका छौं’ उनले भने –स्वतन्त्र न्यायपालिकाका विषयमा दलले भन्ने यहि हो । दलहरूले आदेश दिएर हष्तक्षेप पनि गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार