१० श्रावण २०८१, बिहीबार

राप्रपाको प्रदेश अध्यक्षमा जोशी



नगढी / राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा धर्मराज जोशी सर्वसम्मत चयन भएका छन् ।

आइतबार धनगढीमा सम्पन्न एकता अधिवेशनबाट जोशीको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति सर्वसम्मत भयन भएको राप्रपाले जनाएको छ ।

कञ्चनपुरका जोशी अध्यक्षमा चयन भएसँगै बैतडीका गणेश चन्द प्रदेश निर्देशन समितिको संयोजकमा सर्वसम्मत चयन भएका छन् ।

प्रदेश निर्देशन समिति ७ सदस्यीय चयन गरिएको छ । यस्तै प्रमुख सल्लाहकारमा हिक्मत भण्डारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार