१२ फाल्गुन २०८०, शनिबार

कैलाली क्षेत्र नम्बर ५ मा एमालेले प्रक्रिया विनानै प्रतिनिधि छानेको आरोप




धनगढी / नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर ५ मा विधि, प्रक्रिया विनानै महाधिवेशन प्रतिनिधि छानेको आरोप लागेको छ ।

महाधिवेशन प्रतिनिधिका दावेदार रहेका शम्भु कुँवर, तेजबहादुर रावल, मिठ्ठु कुँवर र तारा कलेलले प्रक्रिया नै शुरु नगरेर नै प्रतिनिधि छनौट गरेको बताएका हुन । उनीहरुले पार्टीको विधान विपरित प्रतिनिधि छानेको पनि बताएका छन् ।

एक प्रेस नोट जारी गरेर उनीहरुले जवजले प्रतिस्पर्धा स्वीकार गर्छ तर प्रतिस्पर्धा विना नै प्रतिनिधि छानेको घोषणा गर्नु घोर आपत्तिजनक भएको बताएका छन् ।

आन्तरिक प्रतिस्पर्धाबाट मात्र पार्टी जीवन्त हुने उनीहरुको ठहर छ ।

एमालेले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन वम, राजेश खाती, डिल्लीराज खड्का, झुमा चौधरी र छाया थापा (सन्तोष ) लाई सर्वसम्मतरुपमा प्रतिनिधि छनौट भएको जनाएको छ ।

प्रतिनिधि छानिएका खड्का पूर्वमाओवादी हुन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार