१० श्रावण २०८१, बिहीबार

काँग्रेसको कैलाली अधिवेशन : छानिएलान त वडाबाट सभापतिका प्रत्यासीहरु



धनगढी / नेपाली काँग्रेस कैलालीको मंसिर १० गते हुने जिल्ला अधिवेशनमा सभापति हुन वडा र क्षेत्रबाट छानिएर आउनुपर्छ । त्यसक्रममा आज कैलालीमा वडा अधिवेशन हुन थालेका छन् ।

वडाबाट छानिएन भने जिल्ला सभापति लगायतका कुनै पनि पदको उम्मेदवार हुन पाइदैन । सभापति तलका पदका लागि वडाबाट क्षेत्रीय प्रतिनिधि छानिनु जरुरी हुन्छ भने क्षेत्रीय प्रतिनिधि छानिएपछि क्षेत्रबाट फेरि महाधिवेशन प्रतिनिधि छानिनु पर्छ ।

शनिबारको वडा अधिवेशनबाट सभापतिका दावेदारहरु क्रमश नृप वड धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बाट नारायणदत्त भट्ट धनगढी १२ बाट, प्रकाश वम गौरीगंगा वडा नम्बर २ बाट, घोडाघोडी नगरपालिका वडानम्बर १ बाट भीम बडुवाल, खेमराज चौधरी कैलारी वडा नम्बर ८ र गणेश देउवा वडानम्बर ६ बाट क्षेत्रीय प्रतिनिधि छानिनु पर्ने हुन्छ । कैलालीका प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन भित्र सभापतिका दावेदारहरु निर्वाचित हुनुपर्छ ।

यसक्रममा सचिवका दावेदार नृप सुनार भने धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनिधि छानिएका छन् । सचिव उठ्न उनले महाधिवेशन प्रतिनिधि हुन जरुरी हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार