अवको चुनावमा ओली गुटको पत्ता साफ हुन्छ : माधव नेपाल

दार्चुला / नेकपा (एकीकृत समाजवादी) का केन्दी्रय अध्यक्ष माधवकुमार नेपालले पाँच पार्टीको गठवन्धनले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने दावी गरेका छन् ।
बुधबार दार्चुलाको गोकुलेश्वर र डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा सूर्यमा ग्रहण लाग्ने टिप्पणी गरे ।
नेपालले एमाले पार्टी ओली प्रवृतिले सखाप हुदै गएको आरोप लगाउदै उनले आउँदो चुनावसम्म पाँचदलको गठबन्धन कायम रहनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।
एमाले उपाध्यक्ष भीम रावल लगायतका नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले भने,ओली कहिले नसुधर्ने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रह गरेको बताए ‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ, निर्वाचन आयोगमा गएर त्यसका लागि लडें,’ उनले भने ‘तर के गर्ने आज त्यही सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उत्रिएका छौं ।
कार्यक्रममा सो पार्टीका सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाह, स्थायी कमिटी सदस्य भानुभक्त जोशी, प्रदेश अध्यक्ष विक्रम शाही, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमवहादुर आलेमगर, सुदुपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घवहादुर सोडारी, आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी लगायत प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।




