एमाले डडेल्धुराका अध्यक्ष डा. जोशी माधव नेपाल नेतृत्वको समाजवादीमा

डडेल्धुरा / नेकपा (एमाले) जिल्ला कमिटी डडेल्धुराका अध्यक्ष डा. तारा जोशी लगायतको समूह नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएको छ ।
बुधबार एक कार्यक्रमकावीच नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले जोशी नेतृत्वको जिल्ला कमिटीलाई स्वागत गरेका हुन ।
साविकको नेकपा एमाले ५१ सदस्यीय जिल्ला कमिटीमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायत ३८ जना नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएको एमाले जिल्ला कमिटी सचिव धनबहादुर साउदले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बँुदे सहमति भंगगर्दै पार्टी कब्जा र कम्युनिष्ट सिद्धान्तको बर्खिलाप गरेको बताउदै आफू लगायतको सिंगो समूह समाजवादी पार्टीमा समाहित भएको एमाले अध्यक्ष डा.जोशीले बताए ।
डडेल्धुराका १६ वटा जनवर्गीय संगठन मध्ये १३ वटा जनवर्गीय संगठन नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएको दावी डा. जोशीले गरे ।
उनले भने एमालेका दुई हजार नौ सय संगठित सदस्यहरुमा दुई हजार दुई सय सदस्य समाजवादी पार्टीमा खुल्छन ।
यस्तै गरेर दार्चुलाको गोकुलेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले वीरबहादुर ठगुन्ना (विरेन्द्रकुमार ठगुन्ना ) को अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेका छन् ।





