१० श्रावण २०८१, बिहीबार

डडेल्धुराका डा. तारा जोशी समाजवादीमा खुल्दै



धनगढी / गत जिल्ला अधिवेशनमा एमालेको डडेल्धुरा अध्यक्षमा निर्वाचित डा. तारा जोशी बुधबार नेकपा (एकीकृत समाजवादी ) मा खुल्ने भएका छन् ।

लामो समयसम्म कतै पनि नखुलेका डा. जोशी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादीमा खुल्ने भएका हुन ।

एमालेमा देखिएको व्यक्तीवादी, सिद्धान्तहीन र अराजकतावादी सोचका विरुद्ध आफूहरु समाजमावादीमा खुल्न थालेको डा. जोशीले बताए ।
अनुमोदन खवरसँग कुरा गर्दे नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टीम समाजवादीमा क्रियाशिल हुने बताए ।

जोशीले २६ वर्षको उमेरमै ०५४ सालतिर एमालेको जिल्ला नेतृत्व लिएका सम्हालेका थिए । पछिल्ला दुई अधिवेशनमा पनि उनी अध्यक्ष छानिएका थिए ।

गत प्रदेश सभा निर्वाचनमा पनि एमाले भित्रको अन्तरघातका कारण उनी ३५६ मतले पराजित भएका थिए ।

#Dr Tara Joshi #Dadeldhura #नेकपा (एकीकृत समाजवादी)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार