६ पुष २०८२, आईतवार

बाजुराका काँग्रेस नेता जोशी प्रदेश प्रमुख हुँदै



धनगढी / नेपाली काँग्रेसका नेता देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त हुने भएका छन् । उनलाई कुन प्रदेशको प्रमुख बनाइने हो त्यो भने जानकारी दिइएको छैन ।

नेता जोशीका अनुसार आफूलाई प्रदेश प्रमुख नियुक्त गरिने भनेर काठमाडौ बोलाइएको छ तर कुन प्रदेशको भन्ने जानकारी दिइएको छैन । मलाई प्रधानमन्त्रीको स्वकीय सचिवले काठमाडौ आउन भनेका छन काठमाडौ जाँदैछु उनले अनुमोदन खवरलाई बताए ।

२७ वर्षको उमेर ०४८ सालमा प्रतिनिधि सभा सदस्य भएका जोशी ०६४ सालमा पनि संविधान सभाको सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस बाजुराको सभापति समेत भइसकेका ५७ वर्षीय जोशी सरल, इमान्दार र स्वच्छछवीका मानिन्छन् । उनी १४ औं महाधिवेशनका लागि समेत प्रतिनिधि छानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार