१० श्रावण २०८१, बिहीबार

अत्तरियामा राजा महेन्द्रको शालिक राखिँदै



धनगढी । सुदूरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

पहिला राजा महेन्द्रको शालिक रहेकै स्थानमा स्थानीयहरूको उपस्थितमा मंगलबार पूजा आजा गरेर शालिक निर्माणको काम थालिएको हो ।

राजा महेन्द्रको शालिक पुनः निर्माण समितीका अध्यक्ष समेत रहेका स्थानीय हरी भट्टराईले पुरहितको उपस्थीतीमा पूजा आजा गरेर शालिक निर्माणको शुभारम्भ गरेका हुन । २०६२्÷६३ को अन्दोलनको क्रममा अत्तरिया चोकामा रहेको राजा महेन्द्रको शालिक तोडफोडपछि उक्त स्थान खाली रहेको थियो ।

अत्तरिया चोकको बिच भागमा पुनः ६ फिटको स्व. राजा महेन्द्रको शालिक राखिने समितीका अध्यक्ष भट्टराइले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार