१५ बैशाख २०८१, शनिबार

मन्त्री सोडारी बाढी प्रभावित क्षेत्रमा




टीकापुर /
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले कैलालीको टीकापुर क्षेत्रको बाढीले गरेको क्षतिको निरीक्षण गरेका छन् ।

उनले टीकापुर नगरपालिकाका वडा नम्बर १, ५, ८ का विभिन्न वस्ती र भौतिक संरचनाको अनुगमन तथा निरिक्षण गरेका हुन । उनले सो क्रममा शिवनगरका मुक्त कमैया र वटनपुरका बासिन्दाको अवस्था बुझेका थिए ।

यस्तै कर्णाली नदी र रानी जमरा कुलोले पारेको प्रभावको पनि अवलोकन गरेका थिए । बनगाउ कुलो, वटनपुर, ५ नम्बर वडाको शाहीपुर लगाएतका ठाउँको निरीक्षण गरेको छ ।

मोहनाको बाँध : यो वाँध फुटेर बस्तीमा जम्मा भएको पानी मोहना नदीमा गएकोले मात्र वटनपुरबासीको ज्यान जोगिएको थियो ।

सो क्रममा मन्त्री सोडारीले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन एकद्धार प्रणाली मार्फत राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय लागिपरेको बताए ।

उनले भने पीडित कोही नछुट्न गैरपीडितले दिएर राहतको दुरुपयोग नहोस भनेर एकद्धार प्रणालीबाट राहत दिन थालिएको बताए ।

मन्त्री सोडारीको टोलीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक राज्यमन्त्री मनाकुमारी साउँद, आर्थिक मामिला राज्यमन्त्री माया तामांग बोहरा, नेपाली कांग्रेस संसदीय दलका नेता रणवहादुर रावल, प्रदेश सभा सदस्य अम्मर साउँद, शुसिला बुढाथोकी र टीकापुर नगरपालिका उपप्रमुख केशरी विष्ट रावल सहभागी थिए ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी बाढीबाट विस्थापित भएर स्कुलमा बसेका मुक्त कमैयाका समस्या बुझ्दै ।

वाढीले बगेको हुलाकी सडक ।

यस्तै गरेर सो टोलीमा नेकपा समाजवादीका केन्द्रीय सचिव गरिमा शाह, स्थायी कमिटी सदस्य भानुभक्त जोशी, केन्द्रीय सदस्य दीलबहादुर सिंह, डोटी अध्यक्ष दीर्घ बोगटी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विजय कुँवर लगायतले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार