१० श्रावण २०८१, बिहीबार

मन्त्री र सञ्चारकर्मीहरूबीच अन्तरक्रिया



पूर्णा जोशी सांसद, नेकपा

धनगढी / सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले सरकारलाई राम्रो काम गर्न तथा गलत काम गर्न नदिन सतर्क गर्न सञ्चारकर्मीहरूबाट निरन्तरको सुझावको अपेक्षा गरिएको बताएकी छिन्।

दशैतिहारको अवसरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्–सरकारका गलत कामप्रति सचेत गराउन र सरकारलाई सही बाटोमा डो¥याउन सञ्चारकर्मीहरूले रचनात्मक सहयोग गर्नुहुने अपेक्षा गरेकी छु ।

उनले आफुले सञ्चारकर्मीलाई सरकारको सारथी बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताइन । उनले भनिन– सरकारका राम्रा र नराम्रा काम आम नागरिकलाई प्रवाह गर्ने माध्यम सञ्चारमाध्यम हो । त्यसैले सही काममा सरकारको सारथी र सरकारलाई गलत गतिविधी गर्न रोक्ने काम तपाईहरूकै हो ।

उनले प्रदेश सरकारले अहिले सञ्चार नीति ल्याउने तयारी गरेको बताइन । उनले भनिन–हामीले सञ्चार नीतिको मस्यौदा तयार गरि विभिन्न सरोकारवालाहरूसंग छलफल गरिरहेका छौं । छिट्टै यसलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने छौं ।’

मन्त्री जोशीले चालु आर्थिक वर्षमा मन्त्रालयबाट सञ्चार क्षेत्रका लागि समेटिएका कार्यक्रमबारे पनि जानकारी दिएकी थिइन ।

छलफलका क्रममा सञ्चारकर्मीहरूले सरकार पारदर्शिता हुनुपर्ने, सञ्चारकर्मीलाई सहजरुपमा प्रदेश मन्त्रीपरिषदका बैठकका निर्णय तुरुन्तै उपलब्ध गराउनुपर्ने, प्रदेश एफएम, रेडियो तथा टेलिभिजन सम्बन्न्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार