१० कार्तिक २०७८, बुधबार

फियान नेपालको धनगढी कार्यालय स्थापना



धनगढी । खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको फियान नेपालको प्रदेश कार्यालय धनगढीमा स्थापना गरिएको छ ।

प्रदेशका चार वटा जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रदेशको धनगढीमा कार्यालय स्थापना गरिएको हो ।

यसअघि प्रदेशभित्र कार्यक्रम लागु भएपनि कार्यक्रम नेपालगञ्ज कार्यालयले हेर्ने गरेको थियो । प्रदेशमा कैलाली, कञ्चनपुर, बझाङ र बाजुरामा खाद्य अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन रहेको प्रदेश संयोजक मुकुन्द रानाले बताए ।

उनले भने– कार्यालय यही स्थापना भएपछि खाद्यका अन्य कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न सहज हुने छ ।’

प्रतिक्रिया दिनुहोस्