१४ बैशाख २०८१, शुक्रबार

थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट बालकृष्ण थारु अध्यक्ष चयन




धनगढी / थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम कैलाली जिल्ला भेला शनिबार धनगढीमा सम्पन्न भएको छ ।

भेलाले संयोजक बालकृष्ण थारुको अध्यक्षतामा ४९ सदस्यीय मोर्चाको जिल्ला कमिटी चयन गरेको छ । मोर्चाको जिल्ला कमिटीको उपाध्यक्षमा लक्ष्मी सत्गौवा थारु, गणेश चौधरी, कमल चौधरी, नाथुराम थारु र धनबहादुर चौधरी चयन भएका छन् ।

सचिवमा तिलक चौधरी, सहसचिवमा अंगानु थारु, रामप्रसाद थारु र लौटन थारु चयन तथा कोषाध्यक्षमा विष्णा थारु चयन भएको अध्यक्ष थारुले बताए ।

मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव तथा केन्द्रीय सदस्य नेपबहादुर चौधरी प्रमुख अतिथि थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरमान चौधरी, रुपा चौधरी, मोर्चाका केन्द्रिय महासचिव तथा केन्द्रीय सदस्य हरिराम चौधरी (उत्सव), सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य रमेश धामी, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी लगायतको अतिथिहरुको उपस्थिति थियो ।

माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार