१० पुष २०८१, बुधबार

मानसिक स्वास्थ्यलाई पाठ्यक्रममा राख्नु पर्ने माग




धनगढी / धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा सोमबार भएका छुट्टाछुट्टै कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्य जस्तो कुरालाई आफ्नो आफ्नो कार्यक्रमहरुलाई समेटदै लैजानु पर्नेमा जोड दिइएको छ ।

विषेश गरेर व्यक्तिगत व्यवहार, सामाजिक व्यवहारले नै मानसिक समस्याहरु निम्त्याउने हुँदा यस्ता कुरामा परिवर्तन हुन जरुरी रहेको जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख, सुन्दरीकुमारी चौधरीको भनाइ छ ।

सोहीे कार्यक्रममा बोल्दै उपमहानगरका प्रम्ुख नृपबहादुर वडले विषेश गरेर यस्ता विषयमा सबै सम्बेदनशिल हुनुपर्ने र उपमहानगरले सञ्चालन गर्ने कार्यक्रममा त्यो विषय समेटेर सबै संघ,संस्थाहरुसँग साझेदारी गरेर जाने बताए ।

कार्यक्रममा स्वास्थ्य प्रमुख डा. खगेन्द्र बहादुर वमले स्वास्थ्य जस्तो कुरालाई कसैले पनि लापरवाही गर्न नहुँने धारणा राखे । कैलाली जिल्लामा मानसिक समस्या र अन्य कुराले गर्दा आत्महत्याको दर पनि बढिरहेकोले त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ थियो ।

साथै सो कार्यक्रममै शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको छाता संगठन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कैलालीले शिक्षा क्षेत्रमा भएका गतिविधि र अवका दिनमा स्थानीय पालिकाहरुले गर्न आवश्यक रहेका विषयमा जानकारी गराएको थियो ।

धनगढी उपमहानगरपालिका अन्तरगत सबै बडाका जनप्रतिनिधिहरु तथा नगरपालीकाका प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा नगर प्रमुख नृपबहादुर वडलाई ज्ञापनपत्र बुझाइएको थियो ।

कैलारी गाउँपालिकाको कार्यक्रम पनि पालिकाका अध्यक्ष लाजुराम चौधरीको उपस्थिति थियो । दुईवटै कार्यक्रममा गरेर ३३ जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार