१० श्रावण २०८१, बिहीबार

नेकपा समाजवादीको धनगढी नगर भेला



अध्यक्षमा रेग्मी चयन


धनगढी / नेकपा (एकीकृत समाजवादी) को धनगढी उपमहानगर कमिटी गठन भएको छ ।

मंगलबार धनगढीमा भएको नगर भेलाले मदनराज रेग्मी अध्यक्ष रहेको १०१ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीमा उपाध्यक्ष रोजी बस्नेत, रामनिवास राना, सचिवमा बाबुराजा श्रेष्ठ, उपसचिवमा लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन् ।

सो भेलाको समाजवादीका केन्द्रीय सदस्य माया भट्टले उद्घाटन गरेकी थिइन ।

सो कार्यक्रममा नेकपा समाजवादीका कैलाली अध्यक्ष दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी लगायतले अधिवेशनको सफलताको लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार