१० श्रावण २०८१, बिहीबार

आर्थिक अभावले कैलालीका १८ वर्षीय लालबहादुरको उपचारमा समस्या



धनगढी । कैलालीका १८ वर्षीय युवक लालबहादुुर बोहराको उपचारमा आर्थिक अभावले समस्या भएको छ ।

दाउरा चिर्ने बेलामा भदौँ ३० गते बन्चरो लागेर दायाँ खुट्टा काटिएका गोदावरी नगरपालिका–१२ का बोहराको उपचारमा आर्थिक अभावले गर्दा समस्या भएकाले सहयोग गरिदिन अपिल गरिएको छ । आर्थिक रुपले विपन्न परिवारका बोहराको धनगढीस्थित सिपी अस्पतालमा खुुट्टाको शल्यक्रिया गरेर डाक्टरले प्लास्टर गरिएको थियो ।

खुट्टाका नसाहरु काटिएर अलग भइसकेको अवस्थामा उपचार गर्दा दुई लाख ५० हजार रुपैयाँ भन्दा बढि ऋण लागिसकेको बताउँदै उनकी दिदी पार्वतीकुुमारी बोहराले भाईलाई नियमित ड्रेसिङ र औषधी खुुवाइरहेको तर पैँसा नहुँदा समस्या भएको बताइन् । ‘बुवा भारतमा मजदुुरी गर्नूूहुन्थ्यो । त्यो पैँसाले घरपरिवारलाई खान लाउन पनि धौँऔँ धौऔँ हुन्छ,’ पार्वतीले भनिन्, ‘भाईको उपचारमा दुई लाख ५० हजार जति खर्च भइसक्यो । त्यो रकम ऋण काँढेका थियौँ । अझै कति खर्च लाग्ने हो तर हामीसँग एक रुपैयाँ पनि छैन । साह्रै समस्या भइसक्यो ।’

उनले आर्थिक सहयोग गरेर आफ्नो भाइको जीवन रक्षा गरिदिन सबैसँग आग्रह पनि गरेकी छन् । उनका भाइ गोदावरी नगरपालिकाको सीमामा पर्ने डडेल्धुराको पर्शुुराम नगरपालिकाको सिद्धभगवती माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्दै आएका छन् ।

बन्चरोले बोहराको खुुट्टा काटिएपछि सल्लीबाट स्थानीयले उनलाई पाँच घण्टाको पैदल यात्रा गरेर गोलमुुडासम्म स्टेचरमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार