१० श्रावण २०८१, बिहीबार

यु–१९ क्रिकेट छनाैट: प्रतियोगिता जोखरताल विजयी



धनगढी । यु–१९ जिल्ला स्तरिय एकदिवसीय क्रिकेट छनाैट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा फाप्ला जाखोरतालले छ विकेटले जित हासिल गरेको छ ।

फाप्ला जाखोरतालले ६ विकेटले जित हासिल गरेको छ । फाप्ला गोदावरी र फाप्ला जाखोरताल बिच भएको खेलमा जाखोरतालले जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको फाप्ला गोदावरीले ३१ ओभरमा ओभरमा सम्पुर्ण विकेट गुमाउदै ९९ रन मात्रै जोड्न सफल रह्यो । गोदावरीका लागी सागर रावललले २८, पुष्पराज उपाध्यायले १३, योगेश भाटले ११ रन जोडे भने फाप्ला जाखोरताल २२ ओभरमा चार विकेट गुमाउ“दै एक सय तीन रन जोड्न सफल भएको थियो ।

फाप्ला जाखोरतालका लागि रक्षित बलमे ३०, सन्दिप विष्टले १९, विजय गुप्ताले १४ र ट्राभिश जोशीले ११ रन जोडेका थिए ।

बुधबारको प्रतियोगितामा फाप्ला जाखोरतालका रक्षित बमलाई म्यानअफ द म्याच घोषणा गरेको छ ।

चार टिमको संलग्नता रहेको यस प्रतियोगितामा आज (बिहिबार) फाप्ला जाखोरताल र फाप्ला घोडाघोडी बिच प्रतिष्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार