अदालतबाट सजाय सुनाइएका अपराधी नौ महिनापछि पक्राउ
धनगढी / कैलाली जिल्ला अदालतले सजाय तथा जरिवाना सुनाएका एक जना फरार अपराधी नौ महिनापछि पक्राउ परेका छन् ।
अदालतबाट सजाय सुनाइएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २८ वर्षका नवीन चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कैलाली जिल्ला अदालते नविनलाई २०७७ पुस १९ गते सात महिना ७ दिन कैद र १० हजार रुपैया जरिवानाको फैसला सुनाएको थियो ।
सजाय सुनाइएपछि फरार रहेका नविनलाई मंगलबार उनको घर नजिकैबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।