१० श्रावण २०८१, बिहीबार

महालेखापरीक्षकको प्रतिवेदन प्रदेश सभामा पेश



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को महालेखापरीक्षको वार्षिक प्रतिवेदन, २०७८ प्रदेश सभामा पेस गरिएको छ ।

सोमबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले महालेखापरीक्षकको प्रतिवेदन सभामा पेस गरे ।
सभामुख अर्जुनबहादुर थापाले सो प्रतिवेदन अध्ययन र छलफलका लागि संसद्को सार्वजनिक लेखा समितिमा पठाइने जानकारी दिए ।

सोमबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेका छन् ।

त्यस्तै, सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउदले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिन् ।

त्यस्तै, सोमबारको प्रदेश सभा बैठकमा सामाजिक विकास समितिले तयार पारेको प्रतिवेदन पनि प्रस्तुत गरिएको छ ।

सुदूरपश्चिम पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ तयार पारिएको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार