८ पुष २०८१, सोमबार

सुदूरपश्चिम प्रदेश सभा : काँग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा



धनगढी / केन्द्रमा सरकारको नेतृत्व गरिरहेको भए पनि सु्दूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल नै बनेको छ ।

सोमबारको प्रदेश सभा बैठकमा नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षीको बेञ्च व्यवस्थापन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस शुरुदेखि नै प्रमुख प्रतिपक्षी दल रहेको थियो । प्रदेश सभा सदस्यको निर्वाचनपछि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेपछि प्रदेशमा प्रमुख प्रतिपक्षी दल काँग्रेस बनेको थियो ।

दुई सिट भएको जनता समाजवादी पार्टी प्रतिपक्षी दल रहेको थियो ।

तर, सर्वोच्च अदालतको फैसलापछि नेकपा खारेज भयो र नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत रुपमा आए । पार्टीभित्रको चरम टकरावसंगै नेकपा एमाले विभाजन भयो । त्यस्तै, जनता समाजवादी पार्टी पनि विभाजन भयो । दलभित्रको विभाजनसंगै अहिले सुदूरपश्चिम प्रदेशमा छ दल पुगेका छन् ।

प्रदेश सभामा शुरुमा चार दल रहेका थिए भने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि तीन दल रहेका थिए ।

अहिले सुदूरपश्चिम प्रदेश सभामा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी काँग्रेस, र प्रतिपक्षी दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार