१० श्रावण २०८१, बिहीबार

सुत्केरीको मृत्यु घटना : आफन्तहरूद्वारा छानबिनको माग



धनगढी/ धनगढीमा रहेको नवजिवन अस्पतालमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै छानबिनको माग गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले छानबिनको माग गरेका हुन् ।

गर्भवति भएको दिनदेखी अस्पतालमा नियमित चेकजाँच गराउदै आएको भएपनि अन्तिम समयमा आएर उपचारमा लापरवाही गरेको मृतकका काका तेजबहादुर सिंहले बताए । त्यस्तै नवजात शिशुको अवस्थाको विषय पनि अज्ञात रहेको उनले बताएका छन् । ३९ हप्ताकी गर्भवती मल्लको भ्याकुम प्रयोग गरेर ११ः४४ मा डेलिभरी गराइएको थियो ।

अस्पतालले भने डाक्टरकै कारणले सुत्केरीको ज्यान नगएको जनाएको छ । उनको मृत्युपछि अस्पताले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले रात दिन नभनी उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दुःख व्यक्त गरेको छ । ३९ हप्ताको गर्भवती समेत रहेकी मल्ल सो अस्पताललमा नियमित चेकजाँच गराइरहेकी थिइन् अस्पतालले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असोज ९ गते बिहान १० बजे पेट दुखेर आएको विशेषज्ञ डाक्टरले जा“च गर्दा पाठेघरको मुख नरम मात्र भई एक घरमा खुलेको र त्यस पछि औषधि दिइ बाटो खुलाउने प्रयास गर्दा राती ११ बजेर ४५ बजेतिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको जनाएको छ ।

यस्तै बच्चा जन्माउने बल नपुगे पछि भ्याकुम प्रयोग गरी डेलिभरी गराएको जनाएको छ । पछि बिरामीको अत्याधिक रक्तश्राव समेत बढेको अस्पतालले विज्ञप्तीमा भनेको छ ।

अस्पतालले तत्कालै २ पिन्ट रगत चढाए उपचारका लागि आइसियू र लगत्तै भेन्टिलेरमा राखेर समेत उपचार गरेको जनाएको छ । विज्ञ टोलीको हर प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ ।

कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार