१० श्रावण २०८१, बिहीबार

बाजुरामा काँग्रेसको अधिवेशनको चहलपहल बढ्यो



बाजुरा / काँग्रेसको वडा अधिवेशनको सबै तयारी भएसंगै बाजुरामा चहलपहल बढेको छ । वडा समिति तथा क्षेत्रीय प्रतिनिधिका लागि आकांक्षीहरूले समुहगत रुपमा तथा व्यक्तिगत रुपमा आआफ्नो प्रचारप्रसार शुरु गरेका छन् ।

काँग्रेसमा वडा अधिवेशनबाट निर्वाचित भएर आउने प्रतिनिधिहरूबाट नै पालिका, क्षेत्रीय, जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरूको चयन हुने गर्दछ ।

क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण पटक पटक मिति सर्दै आएकोमा अब अधिवेशन हुने पक्का भएपछि काँग्रेसवृत्तमा उत्साह थपिएको पाइन्छ ।

नेपाली काँग्रेसका बाजुरा जिल्ला सभापति कविराज पण्डितले सबै वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताए । उनले भने– जिल्लाका धेरै वडामा सर्वसम्मत रुपमा वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । बुधबार औपचारिक रुपमा घोषणा हुनमात्र बाँकी छ ।

अहिले बाजुरामा पार्टीका केन्द्रीय सदस्यदेखि जिल्लाका सबै नेताहरू आइसकेका छन् । वडादेखि जिल्ला अधिवेशनको माहौल तात्दै गएको छ । केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डे, नेताहरू जनकराज गिरी, देवराज जोशी, रामसिंह रावल, मनबहादुर रावल, पदम शाही, चक्रबहादुर शाह, महा नेपाली, जुना दानी सहितका नेताहरू आआफ्ना वडामा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार