१० श्रावण २०८१, बिहीबार

बालअधिकार सम्वन्धी कार्यविधी चाँडै आउछ : मन्त्री खड्का



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बाल सहभागिता सम्वन्धी कार्यविधी चाँडै आउने बताएका छन् ।

बाल सहभागिता सम्वन्धी नागरिक क्षेत्रबाट मंगलबार बुझाइएको नमूना कार्यविधीको बुझ्दै मन्त्री खड्काले मन्त्रालयले बालबालिका सम्वन्धी ऐन बनाइसकेको, नियमावली बनाउन समिति बनिसकेको र नमूना कार्यविधीले कार्यविधी जारी गर्न सहज हुने बताए ।

कन्सोर्टियम नेपालले सो नमूना कार्यविधी तयार गरेको हो । सो कार्यविधी बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुका तर्फबाट सुदूरपश्चिममा गठन भएको बाल सहभागिता सम्वन्धी कार्यविधी मस्यौदा समितिका संयोजक अशोकविक्रम जैरुले मन्त्री खड्कालाई र कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले र राज्यमन्त्री मनाकुमारी साउदलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मन्त्रालयका सचिव रघुराम विष्ट, वल्र्ड भिजनका फिल्ड अफिस कार्यक्रम प्रमुख केशवराज भट्ट, वल्र्ड भिजनकै फिल्ड नीति तथा संचार प्रमुख विनयप्रकाश वराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार