१६ चैत्र २०८०, शुक्रबार

शिक्षामा वैकल्पीक प्रविधिको प्रयोग आवश्यक




धनगढी / शिक्षामा वैकल्पीक प्रविधिको प्रयोग र बालबालिकाहरुलाई परेको असर विषयमा चिन्तन मनन कार्यक्रम धनगढीमा भएको छ ।

सो अवसरमा कोभिड लगायतका महामारीका अवस्थामा एउटै विधिमा भर पर्न नहुने, मोवाइल, कम्प्युटर, इन्टरनेटमा पहुँच पुग्न नसक्ने ग्रामीण क्षेत्र तथा विपन्न परिवारका बालबालिकालाई सामाजिक दूरी बनाएर आधारभूत शिक्षकले गाउँबस्तीमै पढाउनु पर्ने निश्कर्ष निकालिएको छ ।

धनगढी उपमहानगरपालिका, फाया नेपाल, पिसविन र एनसीइ नेपालको आयोजनामा भएको शुक्रबार सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव नरेन्द्र खातीले सहजीकरण तथा प्रस्तुती गरेका थिए ।

सो अवसरमा फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेलले मोडेरेशन र शिक्षा अधिकार अनुगमन समूह सुदूरपश्चिमका अध्यक्षले कार्यक्रमको निश्कर्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार