१२ बैशाख २०८१, बुधबार

सुख्खा बन्दरगाह बन्न नदिने खेल नहोस्– पूर्वमन्त्री भट्ट



लेखराज भट्ट

महेन्द्रनगर / नेकपा एमालेका स्थायी समिति सदस्य पूर्वमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह बन्न नदिने खेल शुरु भएको दाबी गरेका छन् ।

केही राजनीतिक व्यक्तिहरूले सुख्खा बन्दरगाह बन्न नदिन केन्द्रमा बाधा पुर्याउँदै छन् छलफलका क्रममा उनले भने– विकासका नाममा राजनीति गर्नु ठिक होइन । प्रदेशकै मात्र नभई देशकै मुहार फेर्ने गरी बन्न लागेको यो आयोजनामा कोहीकसैबाट बाधाविरोध हुनुहुदैन ।

उनले पश्चिमा मुलुकहरूसंग व्यापार व्यवसाय विस्तारका लागि सुख्खा बन्दरगाहले ठूलो योगदान पुराउने बताए । उनले भने– भारतसंग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका दोधाराचादनी नै बन्नेछ । यहाँबाट सामान ल्याउन लागतमा पनि कमी आउँछ ।

पूर्वमन्त्री भट्टलेसुख्खा बन्दरगाह बनेमा प्रदेशको आर्थिक तथा सामाजिक विकास हुने विश्वास व्यक्त गरे । उनले भने– बन्दरगाह बनेमा उद्योग, पर्यटन र कृषि क्षेत्रमा सुधार हुनेछ ।

यहाँका मानिसहरूको आयस्तर वृद्धि हुनका साथै रोजगारीको पनि सृजना हुने छ ।’ उनले अन्तरदेशिय विस्तृत आर्थिक क्षेत्र बनाउने कार्य पनि अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार