१२ पुष २०८१, शुक्रबार

गौरिगंगा नगरपालिकामा तालाबन्दी



फाइल तस्बिर

धनगढी / कैलालीको गौरीगंगा नगरपालिकामा तालाबन्दी गरिएको छ । पाँच दलीय गठबन्धन नगरपालिकालाई बुझाएको ६ बुँदे मागको बेवास्ता गरेको भन्दै सोमबार पनि तालाबन्दी गरेका हुन् । नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

यस्तै उनीहरूले नगर प्रमुखबाट व्यक्तिगत मनोमानी कार्य सञ्चालन भइरहेकाले संयुक्त रुपमा विरोध प्रदर्शन समेत गरेका हुन् । विरोध प्रदर्शनमा बोल्दै जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद देवकोटाले राजनीति दलहरूले नगरपालिका भित्र भइरहेको नगर प्रमुखबाट व्यक्तिगत मनोमानी कार्य सञ्चालन भइरहेकाले बताए ।

माओवादी केन्द्रका नगर अध्यक्ष बलबहादुर महताले जनतासँग नजिकमा रहेको सरकारले जनताको करलाई व्यवस्थित रुपमा लागू गर्नु पर्नेमा लगायत जनसरोकारका विषयमा जबाफदेही नभएको सुशासन कायम भएको नदेखिएकाले पाँच दलीय गठबन्धनले विरोधका कार्यक्रम गरिएको बताए ।

नगरका सार्वजनिक योजनामा सही अनुगमन तथा पारदर्शिता शून्य भएको र हरेक योजनामा अनियमितता भइरहेकोले पटक पटक ध्यानाकर्षण गराउ“दा नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहु“दासम्म आन्दोलन गरिरहने नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले बताए ।

नगरपालिकाले गत आर्थिक वर्षमा ठेक्का सम्झौता नगरी नदीजन्य पदार्थ संकलनको जिम्मा कार्यकर्तालाई दिएपछि व्यापक आर्थिक अनियमितता नगरप्रमुखको संरक्षणमा भएको भन्दै राजनीतिक दलहरूले हिसाब माग गरेका छन् ।

दलहरूले गत शुक्रवार समेत नगरपालिका तालाबन्दी सहित एक घण्टा धर्ना दिएका थिए

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार