१० श्रावण २०८१, बिहीबार

मनोसामाजिक परामर्शकर्ता विक सम्मानित



लम्की । मनोसामाजिक परामर्शकर्तासम्पादक धनराज विक अविरल शनिबार लम्कीमा सम्मानित भएका छन् । कैलालीको लम्कीमा स्थापना भएको नयाँ गोरेटो पुनःस्थापना केन्द्रमा रहेका लागूऔषध दुव्र्यसनीहरुलाई मनोसामाजिक परामर्श सेवादिई योगदान गरेको भन्दै विक सम्मानित भएका हुन् । जसको कोही छैन त्यसको हामी छौं अभियान नेपाल र  नयाँ गोरेटो पुनःस्थापना केन्द्रले लम्कीमा कार्यक्रम आयोजना गरि विकलाई सम्मान गरेको हो । सम्मानित हुने विक अनुमोदन दैनिकका लम्की संवाददाता हुन् ।

लागूऔषध दुव्र्यसनी विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम् क्षेत्र नम्बर २ कैलालीका संघीय सांसद झपट बहादुर रावल, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सांसद नन्द बहादुर साउद र कैलालीका जिल्ला समन्वय समितिका सभापति सुर्यबहादुर थापाले संयुक्त रुपमा फुलमालाा दोसल्ला र सम्मानपत्रले  सम्मान गरेका थिए ।

कार्यक्रममा विकले पत्रकारिता, मानवअधिकार र साहित्यिक क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको बताएका थिए । साथै मनोसामाजिक समस्यामा मनोपरार्मश सेवा प्रदान गरि सामाजिक योगदान दिएको भन्दै चर्चा समेत भएको थियो । 

नयाँ गोरेटो पुनःस्थापना केन्द लम्कीका संचालक एवम् पूर्व लागूऔषध दुव्र्यसनीकर्ता डम्बर ओलीले करिब १२ बर्षसम्म लागूऔषध दुव्र्यसनीको कुलतमा फसेको बताए । सुधार केन्द्रमा आउनेहरु सबै मनोरोगी हुन । पिरचिन्ता तनाव र डिप्रेसनका हामी बिरामी हौं । हामी जस्ता लागूऔषध दुव्र्यसनीका बिरामीलाई  मनोसामाजिक परामर्श अति जरुरी पर्ने ओलीले बताए ।

उनले भने –“ विगत एकबर्ष देखि धनराज विक सरले सुधार केन्द्रमा बिना पारिश्रमिक मनोसामाजिक परामर्श सेवा दिदै आउनु छ । मनोपरामर्श सेवाले सकारात्मक परिवर्तन आएको छ भने सुधार केन्द्रमा रहेकाहरुले जीवनको महत्व बुझेकाछन् ।” आत्महत्याको प्रयास गरेका र समस्यामा रहेकाहरुलाई परामर्श गरेपछि बाँच्न सफल भएको उनले आफ्नो अनुभव सुनाए । अतुलनीय र अनमोल सहयोग गरेकै कारण विकलाई सम्मान गरेको उनले जानकारी दिए ।सम्मानित हुने विक कैलाली जिल्लामा विगत ८ बर्षदेखि सुरक्षित आप्रवासन सामी परियोजनमा काम गर्दै आएकाछन् । हाल नेपाल सरकारले संचालन गरेको सोही परियोजनामा रहेर टीकापुर नगरपालिकामा  वैदेशिक रोजगारमा गएका परिवारलाई मनोपरामर्श सेवा दिदै आएको विकले बताए ।

सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका विकले सम्मानित हुनेगरि नै राम्रो काम गर्दै आएको शिक्षक रोशन बोहराले बताए । उहाँले परामर्श सेवा दिएका व्यक्तिहरुको अनुभव मैलेपनि सुन्ने अवसर पाएको छु । तँपाई सँग भेट नभएको भए म मरि सेकेको हुने थिए । यो मेरो उपहारको जीवन हो मलाई बचाउनु भएकोमा खुशी हुदै धन्यवाद समेत दिएको मैले सुनेको छ । आयोजकले योग्य व्यक्ति छनौट गरि सम्मान गरेकोमा धन्यवादको पात्र भएको बताउदै स्थानीय सरकारले मनोसामाजिक परामर्श सेवा कार्यक्रम लागूगर्न आवश्यक रहेकोमा बोहराले जोड दिए । उनले भने – “ पत्रकारिताको माध्यम द्धारा पनि धेरैले सहयोग प्राप्त गरेकाछन् । खोजमूलक समाचार लेख्ने विकको समाचारको पनि समाजमा सकारात्मक प्रभाव प्रर्दै आएको छ ।

बिष्ना बिसी सपानाले संचालन गरेको कार्यक्रमका सभाअध्यक्ष जसको कोही छैन त्यसको हामी छौं अभियान नेपाल नेत्रप्रसाद भण्डारी रहेका थिए । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसा रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी, टीकापुर नगरपालिका नगरप्रमुख तपेन्दै रावल,जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरी,बदैगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम थारु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार