१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिममा ३३ जना कोरोना संक्रमित थपिए



धनगढी / सुदूरपश्चिम प्रदेशका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार प्रदेशका एक हजार दुई सय १८ जनाको स्वास्थय परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार ९९ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा १५ र एक हजार एक सय १९ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ५ सय २३ पुगेको छ ।

स्वास्थय निर्देशनालयका अनुसार बुधबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना निको भएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४५ हजार ८ ३४ पुगेको छ ।

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा बुधबार सम्म ५८६ जनाको मृत्यु भएको छ । बुधबार भने सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुको संख्या शुन्य रहेको निर्देनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार