१० श्रावण २०८१, बिहीबार

कैलाली बहुमुखीमा फेरि तालाबन्दी




धनगढी / धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा फेरी तालाबन्दी गरिएको छ ।

बीएएलएलबीका विद्यार्थीले गरेको तालाबन्दीको घटना सेलाउन नपाउदै फेरि बुधबार तालाबन्दी गरिएको हो । बीबीएस चौथो वर्षमा अध्यनरत विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको बताएका छन् । आफूहरूले चारबुदे माग राख्दै ज्ञापन पत्र बुझाएकोमा मागहरू सम्बोधन नभएको भन्दै तालाबन्दी गरिएको उनीहरूले जनाएका छन् ।

विद्यार्थीलेहरूले तालाबन्दी गरेपछि क्याम्पस क्षेत्रमा तनाव उत्पन्न भएको छ भने क्याम्पसका कामहरू प्रभावित बनेका छन् । क्याम्पस प्रशासनले मागहरू सम्बोधन नगरे जस्तोसुकै कदम पनि उठाउन बाध्य हुने उनीहरूको चेतावनी छ ।

विद्यार्थीले क्याम्पसमा तनावग्रस्त गरेपछि प्रहरी समेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार