७ पुष २०८२, सोमबार

दुर्घटनामा परेकालाई आर्थिक सहयोग



धनगढी / गोर्खा लहरी प्रालीका कर्मचारी एवम् एवम् नेपाल बजार विक्री बजार प्रतिनीधि संघका साधारण सदस्य बहादुरसिंह कार्कीलाई एक लाख एघार नौ सय रुपियाँ उपचार खर्च प्रदान गरिएको छ ।

बजार प्रतिनीधि संघले बहादुरसिंह कार्की बचाउ अभियान चलाएर सो रकम संकलन गरेको थियो । सो रकम संघका केन्द्रीय उपाध्यक्ष ध्रुवराज कार्की र कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले बहादुरसिंह कार्कीकी श्रीमति रेनुका कार्कीलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा न्यु पदम सपिङ सेन्टरका सञ्चालक पदमराज भट्ट, केन्द्रीय सदस्य जनक ढकाल, डम्मर ठकुल्ला, संघका अर्थ सचिव धरमसिंह धामी लगायतको उपस्थिति रहेको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार