१० श्रावण २०८१, बिहीबार

पुनर्वास नगरका मेयर समाजवादी (एस) मा




महेन्द्रनगर /
कञ्चनपुरको पुनर्बास नगरपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा (एसमाजवादी) पार्टीमा सनाखत गरेका छन ।

आइतबार नेकपा एमालेबाट निर्वाचित १३ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा एसमाजवादीका पक्षमा सनाखत गरेको जनाइएको छ ।

आइतबार नगर प्रमुख जीवनराज थापा, वडा नम्बर १ का अध्यक्ष प्रतापबहादुर चन्द, वडा नम्बर ३ का अध्यक्ष कृष्ण तामाङ, कार्यपालिका सदस्य बिष्णुदेवी सिग्देल, वडा सदस्यहरू सुकमाया तामाङ, सुमित्रा राना, पार्वतीदेवी शाही, शान्तीमाया तामाङ, प्रथमसिंह राना, फुर्वा तामाङ, बम बहादुर तामाङ, मानबहादुर तामाङ र सुपा तामाङले नेकपा एसमाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार