१० श्रावण २०८१, बिहीबार

बझाडका जनप्रतिनिधिहरू पनि समाजवादी रोज्दै



सनाखत गर्दै बझाडको केदारस्युँ गाउँपालिका उपाध्यक्ष निशा धामी । तस्बिर : शैलेन्द्र रोकाया

बझाङ / बझाङमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा केदारस्युँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष र चार जना वडा अध्यक्ष सहित २० जना जनप्रतिनिधीहरूले नेकपा एसमाजवादी रोजेका छन ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आइतबार गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष निशा धामी र वडाध्यक्षहरू गणेश बोहरा, चक्र विक, वीरबहादुर खाती र काशीराम धामी, कार्यपालिका तथा वडा सदस्यहरू सहित २० जनाले एसमाजवादी पार्टी रोजेका छन ।

पालिकाका जनप्रतिनिधिहरू निर्वाचन कार्यालयमा सनाखत गर्ने क्रममा एमाले जिल्ला अध्यक्ष दीलबहादुर सिंह लगायतको उपस्थिति रहेको बताइएको छ ।

सनाखत गर्दै बझाडको केदारस्युँ गाउँपालिका उपाध्यक्ष निशा धामी । साथमा एमालेका अध्यक्ष दीलबहादुर सिंह लगायत । तस्बिर : शैलेन्द्र रोकाया
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार